कुनै पनि विवाहित महिलाले आफ्ना पुरुषसंग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुंदो हो कि साथीको चित्त बुझाउन मात्र एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, विना कारणको टाउको दुखाईमा पर्न नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन् ।
उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ । महिलाले पुरुषसंग सुत्नु पर्नाका थुप्रै कारण बताए । सेक्स ईश्वरलाई नजिकबाट अनुभव गर्ने राम्रो माध्यम हो । तर धेरैजसो महिलाले यौन सम्बन्ध राख्नुको कारण घरेलु शान्ति रहेको बताए । ८४ प्रतिशत महिलाले के स्वीकारगरे भने जीवनमा शान्ति कायम होस् वा घरसंसारको आवश्यकता पूर्ति हुंदै जाओस् भनी पतिसंग यौन सम्बन्ध राखिन्छ । जीवनमा उल्लास छाओस् भनेर यौन सम्बन्ध राख्छ। कतिपय महिलाका लागि यस्तो सम्बन्ध माइग्रेन र टाउको दुखाई भगाउने उपचार रहेछ । करिव १० प्रतिशत महिलाले उपहार पाउने आसमा यौन सम्बन्ध राखेको उल्लेख गरे । केहीले चाहिं आफ्ना लागि पुरुषले डिनर आयोजना गरेकाले त्यस्तो कर्म गर्नु परेको बताए । विश्वविद्यालय छात्रामा गरिएको सर्वेक्षणमा १० मध्ये ६ जनाले सामान्यतया आफ्ना ब्वाइफ्रेण्ड बाहेकका पुरुषसंग पनि शारीरिक सम्बन्ध बनाइसकेको स्वीकार गरे । ती मध्ये कतिपयले आफ्नो सेक्सुअल परफर्मेन्स राम्रो बनाउन यौन सम्बन्ध राख्ने गरेको बताए । उक्त अुनसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकर्षित, अग्ला, ओजनदार स्वर सुगन्धित शरीर भउको पुरुषसंग मरिहत्ते गर्छन् ।
महिलाहरू मानसिक एवं भावनात्मक लोकमा जिउँछन् तर पुरुष शारीरिक एवं वैज्ञानिक आधारमा जिउँछन् । महिलाका लागि उनको कल्पना आधार हुन्छ भने पुरुषका लागि उसको मेहनत र क्रियालकपा । महिलाको स्वभाव दिनेर बाँड्ने हुन्छ भने पुरुषको स्वभाव प्राप्त गर्ने र त्यसमाथि रजाई गर्ने हुन्छ । यस्तै कारणले गर्दा महिला-पुरुष एक-अर्काका विपरीत हुन् र तिनको आवश्यकता, प्राथमिकता, इच्छा आदि पनि फरक छन् । तथापि दुवैमा एक-अ्रर्काप्रति प्रेम, आकर्षण र वासना हुन्छ । यही कुराले विपरीत भएर पनि उनीहरू एक-अर्काप्रति आकर्षित हुन्छन् । प्रकृतिले महिलालाई दिएको कुरा पुरुषसित छैन र पुरुषसित भएको कुरा महिलासित छैन । यौनको आनन्द प्राप्त गर्न र प्रेम अनुभव गर्न महिला पुरुष आ-आफ्नो तरिका अंगाल्छन् ।
