You Are Here: Home» Economy , Filmy , Headlines , Information Technology , Interesting , International , Interview , National , NRN News , Other Video , Others , Political , Relation , Sports , TV Show , Useful Facts » यसरी झुट बोलिन नायिका रेखा थापा


विकास बोर्डको अध्यक्ष बन्ने आशमा चलचित्रकर्मीको आन्दोलनलाई साथ दिन छाडेर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेकी नायिका रेखा थापा विवादमा परेकी छन् । बुधबार बिहान नायिका थापाले प्रधानमन्त्रीलाई बालुवाटार नै पुगेर भेटेको अभिव्यक्ति सञ्चारमाध्यमलाई दिएकी थिइन् । तर, उनले प्रमपत्नी हिसिला यमीलाई मात्रै भेटेको रहस्य प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले खोलिदिएपछि नायिका थापा हास्यपात्र जस्तै बनेकी छन् ।हिसिलालाई भेटेर बाबुरामलाई भेटेको भन्दै हिँड्ने रेखाको झुटो शैलीले उनको स्तर गिराएको धेरैको विश्लेषण छ । सञ्चार माध्यममा झुटो हल्ला फैलाउने व्यक्तिले बिकास बोर्डको अध्यक्ष बन्ने सपना देख्नु आश्चर्यलाग्दो कुरा भएको चलचित्रकर्मीको आरोप छ ।
चलचित्र क्षेत्रमा ओरालो लाग्दै गएपछि चर्चामा आउन रेखाले विभिन्न किसिमका उपायहरु अपनाइरहेकी छिन् । तर, यसले उनको चलचित्र करिअरलाई झनै खाडलमा खसालेको धेरैको विश्लेषण छ । नायिका थापालाई बोर्डको अध्यक्ष बनाए समर्थन नगर्ने तर्क पनि चलचित्रकर्मीहरुले गर्न थालेका छन् ।
आन्दोलनमा लागेका विभिन्न ८ संघसंस्थाका व्यक्तिहरुले रेखा बोर्ड अध्यक्ष बनेको खण्डमा आफुहरुको पूर्ण रुपमा असहयोग गर्ने बताइसकेका छन् । चलचित्रकर्मीकै साथ नपाएपछि एक्लिएकी रेखाको बोर्ड अध्यक्ष बन्ने सपना केवल सपनामात्रै हुने पक्काजस्तै भएको छ ।