You Are Here: Home» Filmy » "के छ डार्लिङ्ग"को छायाङ्कन पुर्बी स्थानहरुमा हुदै

- भीम लामाद्धारा निर्देशित नेपाली कथानक चलचित्र 'के छ डार्लिङ्ग'को हाल पुर्वको विभिन्न स्थानहरु मा छायाङ्गकन भईरहेको छ। यसै क्रममा धनकुटाको भेडेटार तथा मुलघाटमा दुई दिन लगाएर छायाङकन गरिएको छ । आधुनिक प्रेम कथामा आधारितका साथै एच.आई.भी सम्वन्धि सकारात्मक सन्देशमुलक कथा रहेको चलचित्र आईतवार र सोमवार दुई दिन छायाङकन गरिएको हो । आगामि वैशाख महिना सम्ममा प्रर्दशन गर्ने लक्ष्य रहेको चलचित्रमा मुख्य कलाकारहरु सुमिना घिमिरे,प्रभाकर श्रेष्ठ,रितेश श्रेष्ठ,जे.एन.घिमिरे,सन्तोष न्यौपाने,बवि श्रेष्ठ,खड्ग श्रेष्ठ,कविता शर्मा लगायत रहेका छन् । तिनवटा गित समावेश गरिएको चलचित्र के छ डार्लिङ्गको धनकुटाको भेडेटार तथा मुलघाटका अलावा पुर्वको धरान,ईटहरी र काठमाण्डौका विभिन्न स्थानहरुमा मा छायाङकन गरिने निर्देशक भिम लामाले वताए । कृष्ण न्यौपाने मुख्य निर्माता रहेको चलचित्रका लागी संगित भिम वस्नेतले दिएका छन् । भुषण श्रेष्ठ र भिम वस्नेत द्धारा रचना गरिएका तिन गितमा दुर्गा खरेल,साजन राई,श्रेयसी चेम्जोङ्ग,मदन चेम्जोङ्ग र सनिता सुब्बाले स्वर दिएका छन्
Tags: Filmy