दोस्रो म्यूजिक खबर म्यूजिक अवार्ड आगामी चैत्रमा आयोजना हुने भएको छ । गत मंसीरमा सहभागीताका लागी आबेदन खुल्ला गरिएको प्रगियोगीतामा हाल सम्म १०० भन्दा बढी गीत सगीतले सहभागीता जनाइसकेको आयोक संस्थाका अध्यक्ष सुमन बैरागिले बताए। उनले भने अवार्डका लागी आबेदन दिनेको निरत्तरता अझै जारी छ।
स्तरीय गीत संगीतको धार ,नेपाली गीत संगीतको आधार भन्ने मुल नारका साथ आयोजन गर्न लागीएको यस कार्यक्रममा सबै संगीतकर्मी जुटुन्, कोही नछुटुन् भन्ने सिद्धान्त अबलम्बन गरेको छ। २०१२ भित्र बजारमा आएका लोकदोहोरी ,चलचित्र, आधुनीक ,पप, राष्ट्रीय गीत तथा गजलले समेत सहभागीता जनाउन सक्नेछन् । २९ विधामा आगामी चैत्रमा बितर गरिने अवार्ड भव्यताका साथ सम्पन्न तयारीमा जुटीरहेको आयोजक म्यूजिकखबर डटकमले जनाएको छ । कार्यक्रममा संगीतको क्षेत्रमा उदाउदै गरेको प्रतिभालाई अझ क्रियाशील गराउनका प्रोत्साहन सम्मान समेत राखिएको छ।
