के तपाइँको फेसबुक प्रोफाइल फोहोर भएको छ ? अर्थात् नचाहिने खालका, अश्लील लाग्ने धेरै सामाग्री पोष्ट भएका छन् वा सेयर भएका छन् जुन तपाइँ हटाउन चाहनुहुन्छ र फेसबुकलाई चिटिक्क पार्न चाहनुहुन्छ ।
त्यसो हो भने चिन्ता नलिनुस् एउटा यस्तो एप्लिकेसन आइसकेको छ जसले तपाइँको फसबुक प्रोफाइललाई सफा गरिदिनेछ । फेसवास नामको यो एप्स फेसबुक प्रयोगकर्तामाझ निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।
यो प्रविधि अमेरिकाको केन्ट विश्वविद्यालयका ३ जना विद्यार्थीले विकशित गरेका हुन् । अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयमा आयोजित प्रविधि मेलामा यो एप्लिकेसन लञ्च गरिएको हो । कम्प्युटर साइन्सका विद्यार्थीहरु क्यामडेन, ड्यानियल र डेभिडले आफुहरुले विकशित गरेको एप्स खासगरी युवापुस्ताको लागि निकै उपयोगी हुने दाबी गर्छन् । आफ्ने फेसबुकमा सेयर भएका, ट्याग भएका वा पोष्ट भएका आपत्तिजनक सामाग्रीहरु आफ्ना अभिभावक, मान्यजन तथा हाकिमले देख्न नपरोस् भन्नका लागि यो टूल्स उपयोगी हुने उनीहरुको भनाई छ ।