कतारमा जाने कामदारको न्युनतम तलब आजदेखि बढेको छ। सात दिनअघि राजपत्रमा प्रकाशित भएको सूचना अनुसार अदक्ष, अर्धदक्ष, दक्ष र उच्च दक्ष गरी चारै तहका कामदारको न्युनतम तलब आजदेखि बढेको हो। खाडीका अन्य देश साउदी अरब, युएई र कुवेतको न्युनतम तलब सरकारले यसअघि नै बढाइसकेको छ। कतारमा बढेको तलब अनुसार अदक्ष कामदारले न्युनतम तलब २८ हजार रुपियाँभन्दा बढी पाउने छन्। यो पहिलेको भन्दा ५० प्रतिशतले बढी हो। कतारमा साढे ३ लाखभन्दा बढी नेपाली काम गर्छन्, तीमध्ये ७० प्रतिशत यस्तै अदक्ष कामदार हुन्। राजपत्रमा प्रकाशित सूचना अनुसार कसको तलब कति हन्छ त ? भित्र हेर्नुस्-
माघ ८ गते श्रम तथा रोजगार मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना-
